मुडिकुवाको अग्लो पुल देखि सिर्सुवा जोड्ने सडक निर्माण

कुशुम समाचार/मुलुककै अग्लो कुश्मा–मुडिकुवा झोलुङ्ग पुलदेखि सिर्सुवा सम्म मोटरवाटोको ट्रा खोलिएको छ ।

kushma-mudikuwa-jholunge-pul

पुल निर्माण भैसक्दा पनि पुलसम्म आवतजावत गर्ने मोटरवाटो र पैदलयात्री समेत हिडडुल गर्न कठिनाई भएका बेला स्थानिय व्यक्तिको पहलमा सडकको ट्राक खोलिएको हो । झण्डै डेढ किलोमिटर सडक निर्माण गरि दोविल्ला–फलेवास सडकमा जोडिएको स्गथानिय जगत सापकोटाले जानकराी दिएका छन् ।
सडक निर्माण पछि दक्षिण पर्वतका विभिन्न गाविस र छिमेकी जिल्ला बागलुङको दक्षिण क्षेत्रका गाविसका बासिन्दाहरुलाई सदरमुकाम कुश्मासम्म आउन सहज भएको छ । भने सवारीसाधनहरु पुल नजिकै आउँदा सवारीसाधन हुनेहरुका लागि पनि सहज भएको सापकोटाले जानकारी दिए ।
स्थानिय जगत सापकोटा, दिवाकर भुुसाल र थानेश्वर भुसालको पहलमा सडक निर्माण गरिएको बताइएको छ ।

You might also like More from author

Leave A Reply