प्रिमियर लिगको शीर्ष स्थानमा चेल्सीलाई ६ अंकको अग्रता

३० मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गरेको छ ।

गएराति सम्पन्न खेलमा सण्डरल्याण्डलाई एक शून्य गोलले हराएपछि चेल्सीको १६ खेलबाट ४० अंक भएको छ । सण्डरल्याण्डबिरुद्धको जितमा पाहुना टोली चेल्सीका लागि ४०औं मिनेटमा शेस फेबि्रगासले गरेको गोल नै निर्णायक रहृयो ।

यता हिजै सम्पन्न खेलमा मिडिल्सब्रोलाई तीन शून्यले हराएर लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । समान ३४ अंक भएपछि आर्सनललाई पछि पार्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा एडम लाल्लानाले दुई तथा ओरिगीले एक गोल गरेका थिए ।

यता लिगको चौथो पाँचौं र छैटौं स्थानमा रहेका म्यान्चेस्टर सिटी, टोटनहृयाम र म्यान्चेस्टर युनाइटेडले पनि आ-आफ्नो खेलमा जित हासिल गरे ।

जावालेटा र डेभिड सिल्भाको गोलमार्फत सिटीले वाटफोर्टलाई दुई शून्यले हराउँदै ३३ अंक जोडेको छ । सिटी लिगको चौथो स्थानमा यथावत छ ।

पाचौं स्थानको टोटनहृयामले हल सिटीलाई तीन शून्यले पराजित गर्ने क्रममा इरिकसेनले दुई तथा वान्यामाले एक गोल गरे । लिगमा टोटनहृयामको ३० अंक भएको छ ।

क्रिष्टल प्यालेसलाई दुई एक गोलले हराएको छैटौं स्थानको म्यान्चेस्टर युनाइटेडको २७ अंक चएको छ । पहिलो हाफको अन्त्यतिर पाहुना टोली युनाइटेडका लागि पाउल पोग्वाले गोल गर्दै अग्रता दिलाएपनि ६६औं मिनेटमा म्याकअर्थरले क्रिष्टलका लागि बराबरी गोल फर्काएका थिए । तर ज्लाटन इब्राहिमोबीचले खेल सकिन २ मिनेट बाँकी छँदा गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण तीन अंक दिलाए ।

You might also like More from author

Leave A Reply