नेपाल मगर संघ पकुवाको बार्षिकोत्सव सम्पन्न

Share on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

कुशुम समाचार/नेपाल मगर र्संघ कुश्मा नगरपालिका वडा न १८ को दशौं बार्षिकोत्सव शनिवार सम्पन्न भएको छ । बार्षिकोत्सवकलाई उदघाटन गर्दै  प्रमुख अतिथि कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत

123

कुमानसिंह गुरुङले राष्ट्र विकासमा सवै जातिहरुको समान सहभागीता हुनुपर्ने बताउनुभयो ।
कुश्मा नगरपालिकामा भरखरै मात्र सरुवा भएर आउनुभएका गुरुङले बजेट बाँडफाँडका प्रक्रियामा पनि सवै जाति, तह र तप्काको समान सहभागीतामा आफूले जोड दिने बताउनुभयो । कार्यक्रममा बोल्दै गुरुङले राजनैतिक चिन्तनबाट उठेर विकास निर्माणमा सवैको सहभागीता नै सार्थक विकासको आधार भएको समेत बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रम्ख डाक्टर फणिन्द्र बराल, नेकपा एमाले कुश्मा नगर कमिटिका अध्यक्ष रुद्र गिरी, सचिव सोमनाथ चापागाई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता रणबहादुर क्षेत्री लगाएतले बार्षिकोत्सवमा स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । यसैगरी कार्यक्रममा नेकपा माओवादी केन्द्रका डम्बर विक, नेपाली कांग्रेसका हर्कबहादुर मगर, रेडियो कुशुमका सचिव गणेश गिरी, लोकतान्त्रीक गैससका अध्यक्ष गणेश बहादुर क्षेत्री, ओसो नेपालका अध्यक्ष रुद्रप्रसाद शर्मा, लगाएतले पनि बार्षिकोत्सवमा स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
1234
विगत १० बर्ष अगाडि गठन भएको मगर संघ स्थानीय स्तरमा आपतकालीन कोष स्थापना गर्नुका साथै जातिय संस्कृति संरक्षणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रममा संघले जेष्ठ नागरिक तथा संस्थाका संस्थापकलाई समेत सम्मान गरेको थियो ।

You might also like More from author

Leave A Reply

Your email address will not be published.