कुश्मा नगरपालिकामा योजना तर्जुमा हुँदै : गाविसमा ५० लाखका योजना, नगरपालिकाका वडामा भने ७ लाख मात्र

Share on Facebook172Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0

गणेश गिरी/कुश्मा  नगरपालिकामा यतिबेला स्थानीय स्तरमा योजना तर्जुमा प्रक्रिया भईरहेको छ । आगामी आर्थिक बर्षका लागि नगरस्तरीय कार्य योजना तर्जुमा पूर्व स्थानीय स्तरमा योजना तर्जुमा भईरहेको हो ।

कुश्मा नगरपालिकाको कुल निःशर्त अनुदान रकम २ करोड ६६ लाख ४ हजार  रुपैंया र २० लाख रुपैंया आन्तरीक श्रोत गरी कुल २ करोड ८६ लाख ४० हजार रुपैया मध्ये समपुरक कोष तर्फको ६० लाख रुपैंया घटाएर २ करोड २७ लाख ४ हजार रुपैंयोको योजना तर्जुमा प्रक्रिया सञ्चालन भईरहेको कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । गुरुङका अनुसार कन्टेजन्सीको ३ प्रतिशत रकम समेत घटाएर आउने कुल २ करोड १८ लाख ४ हजार रुपैंया वडा स्तरका योजना तर्जुमा लागि रकम विनियोजन गरिएको छ । उक्त रकम मध्ये लक्षित बर्गका महिला, बालबालिका, अपांग, जेष्ठनागरीक र जनजातिका लागि रकम छुटाएर कुल १ करोड ४१ लाख ९६ हजार रुपैंया बराबरको बजेटका लागि वडा स्तरमा योजनाहरुको छनौट प्रक्रिया चलिरहेको छ ।

कुश्मा नगरपालिकाका १८ वटा मध्ये प्रति वडा ७ लाख ८८ हजार रुपैंया  बराबरका योजनाहरु छनौट भईरहेका छन । प्रत्येक वडामा एउटा योजना ५ लाख रुपैंया बराबर र अन्य टुक्रे योजना गरी ७ लाख ८८ हजार रुपैंयासम्मका योजनाहरु छनौट भईरहेको अधिकृत गुरुङले जानकारी दिए । नगरपालिका क्षेत्रका १८ वडा मध्ये शनिवार बेलुकासम्म झण्डै १७ वटा वडाको योजना तर्जुमा सकिएको र बाँकी केहि दिनमै सकिने नगरपालिकाले जनाएको छ । छनौट भएका योजनाहरु मध्ये अधिकांश सडक र खानेपानीका छन ।
कुश्मा नगरपालिकाका लागि नगर क्षेत्र ठूला पूर्वाधार कार्यक्रमका लागि १ करोड थप रकम समेतको सिलिङ प्राप्त भएको छ । उक्त रकमबाट नगर क्षेत्रमा ठूला खालका योजनाहरु सडक, खानेपानी र पूर्वाधारका लागि खर्च गर्न सकिने गरी योजना छनौट गर्नुपर्ने अधिकृत गुरुङले जानकारी दिए । उक्त योजनाहरुको छनौट भने नगर परिषदले गर्नेछ । नगरपालिकाका लागि नगर क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत १ करोड ५६ लाख थप रकम समेत प्राप्त हुनेछ । उक्त रकमबाट पनि पूर्वाधारका थप योजनाहरु सञ्चालन गरिनेछन । नगरपालिाका क्षेत्रमा ३ वटा सडकलाई कालोपत्रे गरी गरी योजना बनेका छन भने, कुश्मा बजार क्षेत्र भित्र स्थानीयको समेत रकमलाई म्याचिङ गरी सडक बत्ति बाल्ने कार्यक्रम पनि सञ्चालन भईरहेका छन ।

कुश्मा नगरपालिकाका साविकका ८ वटा गाविस मिलाएर बनाईएको छ । शिवालय, पाङ, खुर्कोट, दुर्लुङ, चुवा, पिपलटारी, कटुवाचौपारी र पकुवा गाविस मिलाएर नगरपालिका बनाइएको हो । जिल्लाका अरु गाविसहरुले ५० लाख बराबरको रकम विभिन्न योजनामा बाँडफाँड गर्ने गरी गाउँ परिषदको तयारी भईरहेको बेला कुश्मा नगरपालिकामा भने एउटा वडामा जम्मा ७ लाख रुपैंयाका योजनाहरु छनौट भईरहेका छन । नरपालिका हुनुपूर्व शिवालय गाविसलाई बाहेकका गाविसलाई एउटा गाविस २ वटासम्म वडामा विभाजन गरिएको थियो । प्रति वडा ७ लाख ८८ हजारका दरले साविकको शिवालय बाहेकका साविकका गाविसहरुमा झण्डै १५ मात्र रकम प्रत्यक्ष रुपमा गएको छ । ठूला योजना बाहेकको रकम गाविसको तुलनामा ज्यादै न्यून देखिएको कार्यकारी अधिकृत ग्ुरुङले स्विकार गरे । धेरै गाविस मिसाएर कुश्मा नगरपालिका बनाएका कारण पनि रकम कम भएको गुरुङले बताए । ‘प्रति गाविसको हिसाबमा यो रकम थोरै देखिएको छ’ उनी भन्छन–‘थोरै गाविस संख्या मिलाएर बनाउँदा नगरपालिकाका लागि यो रकम धेरै नै हो ।’ नगर क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको समेत रकम जोड्दा धेरै रकम हुने भएपनि वडाले आफै बाँडफाँड गर्न पाउने रकम भने ज्यादै न्यून देखिएका छ । जिल्लाका अन्य गाविसहरुमा ५० लाख बराबरको योनजा बाँडफाँड हुँदा कुश्मा नगरक्षेत्रका वडाहरुले भने थोरै मात्र रकम बाँडफाँड गर्न पाएका हुन । अर्थ वीट साप्ताहिकमा खबर छ

You might also like More from author

Leave A Reply

Your email address will not be published.