हाम्रो बारेमा

रेडियो कुसुममा यहाँहरुलाई हार्दिक स्वागत छ !

समाज रुपान्तरणका लागि सञ्चार माध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ । नेपाली समाजमा ब्याप्त गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक असमानता र अन्धविश्वास सोचले समाज विकासको अवरोध गरिरहेका छन । २०५५ सालमा समाज परिर्वतनको स्वणीम कल्पना बोकेर महिलाहरुको प्रयासमा स्थापना भएको उर्जा तथा वातावरणीय विकास संस्था (सीड नेपाल)ले आफनो स्थापनाको यो अवधिमा विभिन्न खाले सामाजिक रुपान्तरणका कार्यक्रमहरु सञ्चालन गरीसकेको छ । जसले सामाजिक रुपान्तरणको अभियानमा केहि हदसम्म भएपनि सार्थकत्व प्राप्त गरेको छ । विशेषगरी महिला, दलित, अल्पसंख्यक, जनजाति र सिमान्तकृत जनसमुदायको जीवनस्तर उकास्न, सामाजिक विभेदीकरणको अन्त्य गर्न र सामाजिक न्याय स्थापना गर्ने कार्यमा सञ्चारमाध्यमको भूमिका निकै ठूलो हुने गर्छ । ग्रामीण क्षेत्रमा रहेका विपन्न र सामान्य जीवन विताउने सर्वसाधारणमा समेत सहज पहुँच सामुदायिक रेडियोबाट हुनसक्छ भन्ने कुरालाई मध्यनजर गर्दै सीड नेपाल पर्वत स्थापनाको १६ औं बर्ष पार गरेको अवसरमा समाचार, मनोरञ्जन र सामाजिक परिर्वतनको अर्को विकल्प सञ्चार माध्यम बन्नसक्ने भएको हुँदा पर्वत जिल्लामा विभिन्न पेशा, ब्यवसायमा संग्लन्न ब्यक्तिहरुसंगको सहकार्यमा सामुदायिक रेडियो कुशुम ९० मेजाहर्जको सञ्चालन अभियान शुरुवात भएको हो । रेडियो सञ्चालनका लागि पर्वत र बागलुङ जिल्लाका ८० भन्दा बढि ब्यक्तिहरु सदस्य बन्नु भएको छ । रेडियो सञ्चालनबाट पर्वत जिल्ला र यस आसपासका क्षेत्रको समग्र विकासमा समेत टेवा पुगोस भन्ने उद्देश्यले सामुदायिक परिर्वतनका कार्यक्रमहरुसंगै, समाचार र मनोरञ्जनपूर्ण कार्यक्रमहरु समेत रेडियो कुशुमबाट प्रसारण हुँदै आएका छन ।

gobinda-pahadiअध्यक्षः गोविन्द पहाडी

हामी सूचना र प्रविधियुक्त २१ औं शताब्दीमा छौं । बदलिंदो परिवेशले सूचना, समाचार, मनोरञ्जन र जानकारी विना जीवन तथा दैनिकी सहज नहुने परिस्थितीमा पु¥याएको छ । यहि वर्तमान यथार्थलाई मध्यनजर गरि हामी समाजमा चेतनाकरण र जागरणमा रेडियो मार्पmत योगदान पुराउने अभियानमा हामी जुटिरहेका छौं । सामाजिक रुपान्तरणको सवालमा, पछाडी परेका तथा पारिएका वर्ग, जाति र समुदायको सशक्तिकरण अभियानमा हाम्रा कार्यक्रम, प्रसारण तथा प्रस्तुतीहरुले टेवा पुराउनुपर्दछ भन्ने हाम्रो मान्यता छ । ठुला पद र हैसियतमा रहेका व्यक्ति तथा निकायहरुलाई मात्र नभएर समाजमा लुकेर रहेका विषय र व्यक्तित्वहरुलाई पनि उजागरण गर्नु हाम्रो दायित्व रहेको हामीलाई महसुस छ र हामी यो दायित्व निर्वाहमा सामेल भैरहेकाछौं र यसलाई निरन्तरता दिनेछौं ।
यसको अर्थ हामी अलिकति प्रगतिवादी, केहि भएपनि प्रगतिशिलताको पक्षमा रेडियो कुशुमलाई उभ्याउन चाहन्छौं । सवैले हाम्रो हो भन्ने वातावरण सृजना गर्न चाहन्छौं । श्रोता र समाजले हामी मार्फत, हाम्रा कार्यक्रम र प्रस्तुतीहरु मार्फत देश र दुनियालाई सुनिरहेको हुन्छ, बुझीरहेको हुन्छ र सोही अनुसार आफनो दृष्टिकोण बनाउने गर्दछ । त्यसकारण पनि हामी हाम्रा प्रस्तुती, कार्यक्रम र प्रसारणहरुलाई निश्पक्ष, तटस्थ र सत्यमा आधारित बनाउने अभियानमा जुटिरहेका छौं । तटस्थताको अर्थ सवाल हेरेर पिडीतको पक्षधरता पनि हो । पिडितलाई न्याय दिलाउने सवालमा हाम्रा कार्यक्रम कहिलेकांही सहयोगी पनि हुन सक्छन । न्यायको पक्षमा लाग्नु हाम्रो धर्म र कर्म हुनेछ ।
यहांहरुको सकारात्मक सहयोग, सल्लाह र पृष्ठपोषणले हामीलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समाजको आंखाको रुपमा रेडियोलाई विकास गर्ने अभियानमा प्रेरणाको काम गर्ने अपेक्षा गरेका छौं ।